काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा संसदीय दलकी सचेतक क्रान्तिशिखा धितालले सरकार असक्षम भएको आरोप लगाएकी छिन् । राज्यका निकायले सुकुम्बासीको समस्या सम्बोधन गर्न नसकेको भन्दै सरकारको काम वाचापत्रअनुसार नभएको जिकिर गरेकी हुन् । ‘आज सडकमा बगिरहेका सुकुम्बासीका आँसुले हामी सबैलाइ पोल्नुपर्छ’ उनले भनेकी छिन्, ‘सुकुम्बासीहरूको व्यवस्थापन अत्यन्तै आवश्यक थियो । तर, के यो हाम्रो वाचापत्र अनुसार भयो ? के अभिभावकीय राज्य यस्तै हुन्छ ?’
धितालले सरकारले संवेदनशीलताका आधारमा काम नगरेको उनले बताएकी छन् । उनले थप भनेकी छिन्, ‘जुन संवेदनशीलता, योजना र जिम्मेवारीका साथ यो कार्य अघि बढाइनुपर्थ्यो, त्यसरी भएन । यसले जम्माजम्मी राज्यको कमजोरी र असक्षमतालाई मात्र उजागर गर्यो ।’



प्रतिक्रिया दिनुहोस्