काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज आर्थिक वर्ष २०८३/८४ का लागि मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । अहिले व्यवस्थापन समितिको बैठक बसिरहेको एक कार्यकारी निर्देशकले जानकारी दिए । सो बैठक सकिए लगत्तै सञ्चालक समितिको बैठक बस्नेछ ।
सञ्चालक समितिबाट स्वीकृत भएपछि आजै मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी छ । गभर्नर डा. विश्वनाथ पौडेल भोलिदेखि भुटान भ्रमणमा जाने कार्यक्रम रहेकाले आजै मौद्रिक नीति ल्याउन लागिएको हो । यसपटक मौद्रिक नीतिको संरचनामा पनि परिवर्तन गरिन लागिएको छ । नियामकीय व्यवस्थाहरू मौद्रिक नीतिमा समावेश नगरिने भएको हो । नियामकीय व्यवस्था नियमित परिपत्रबाट ल्याउन सकिने भएकोले मौद्रिक नीतिमा समावेश नगरिने भएको हो । सरकारले बजेटमार्फत चालु आर्थिक वर्षका लागि ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको छ । यो लक्ष्यलाई सहयोग पुग्ने लचिलो मौद्रिक नीति ल्याउने तयारी भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्