Skip to content

कर्णाली नदीमा गाडी खस्दा बेपत्ता भएका एक जनाको शव फेला

काठमाडौँ – कर्णाली नदीमा फोर्स गाडी खस्दा बेपत्ता भएका एक जनाको शव भेटिएको छ । बिहीबार (१८ असार) बिहान ११ः३० बजेको समयमा सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको गाडी दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित साँगेतडा क्षेत्रबाट कर्णाली नदीमा खसेको थियो ।

उक्त गाडीमा सवार कालीकोट पचालझरना गाउँपालिका–९ का मेखे (मेगे) तिरुवाको शव पहिचान भएको हो । सोमबार गाडी खसेको स्थानदेखि झण्डै एक सय ५० किलोमिटर तल कैलालीको मोहन्याल गाउँपालिकाको सोल्टास्थित कर्णाली नदीको किनारमा एक पुरुषको शव फेला परेको थियो ।

मंगलबार उनका २५ वर्षीय छोरा रवीन्द्र तिरुवाले बुबाको शव पहिचान गरेको जिल्ला प्रहरी कार्याल दैलेखले जनाएको छ । रवीन्द्रले कालीकोटबाट कैलालीस्थित टीकापुर अस्पताल पुगेर बुबाको शव पहिचान गरेका हुन् । उक्त दुर्घटना परी मृतकका भाइ जेखे तिरुवाको पनि मृत्यु भएको छ । उनको शव घटना घटेकै दिन भेटिएको थियो । उक्त दुर्घटनामा कर्णाली नदीमा खसेको गाडी र अन्य तीन जना यात्रुको अवस्था अझै अज्ञात छ । घटना घटेलगत्तै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको उद्धार टोली ६ दिनयता निरन्तर खोजीमा खटिएको छ ।

प्रतिक्रिया दिनुहोस्