Skip to content

संविधान संशोधनबारे दृष्टिकोण सार्वजनिक गर्दै कांग्रेस

काठमाडौं – नेपाली कांग्रेसले संविधान संशोधनबारे पार्टीको दृष्टिकोण सार्वजनिक गर्ने भएको छ । भोलि सभापति गगन थापाले संविधान संशोधनमा पार्टीको दृष्टिकोण सार्वजनिक गर्न लागेका हुन् । दृष्टिकोण सार्वजनिक कार्यक्रम दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा राखेको छ । संविधान संशोधन अध्ययन तथा सुझाव पेश गर्न गठित विज्ञ समितिले दिएको सुझावको आधारमा कांग्रेसले दृष्टिकोण सार्वजनिक गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्