Skip to content

बागमतीमा मुख्यमन्त्री थापाले गरे ६ मन्त्री नियुक्त

हेटौंडा – बागमतीका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले मन्त्रिपरिषद् विस्तार गर्दै एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट ६ जना मन्त्री नियुक्त गरेका छन् । एमालेबाट भरत केसीलाई भौतिक पूर्वाधार विकास र ज्ञानबहादुर तामाङलाई बिना विभागीय मन्त्री बनाइएको छ । नेकपाबाट सरल सहयात्री पौडेल आर्थिक मामिला तथा योजना मन्त्री नियुक्त भएका छन् । यस्तै, राप्रपाबाट राजु विष्ट खानेपानी, ऊर्जा तथा सिँचाइ, गिरबहादुर तामाङ स्वास्थ्य तथा सामाजिक र राजेन्द्र प्रजापति उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री बनेका छन् । बागमतीमा अब कृषि, पशुपन्छी, वन तथा वातावरण र आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयमा मन्त्री नियुक्त हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्