Skip to content

प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केही बेरमा बैठक बस्न लागेको हो ।

रसुवास्थित भोटेकोसी र त्रिशूली नदीमा तिब्बततर्फबाट आएको भीषण बाढीका कारण उत्पन्न सङ्कट र तटीय क्षेत्रमा बढेको जोखिमका बारेमा छलफल गर्न प्रधानमन्त्रीले यो आकस्मिक बैठक आह्वान गरेका हुन्। बैठकमा बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र क्षति न्यूनीकरणका लागि राज्यका सम्पूर्ण सुरक्षा निकाय तथा सरकारी संयन्त्रहरूलाई प्रभावकारी रूपमा परिचालन गर्ने विषयमा महत्त्वपूर्ण निर्णय गर्ने तयारी छ ।

आज भदौ १० गते बिहानदेखि आएको अप्रत्याशित बाढीले रसुवा र नुवाकोटमा क्षति पुर्‍याएको र यसको असर चितवनसम्म पर्न सक्ने बाढी पूर्वानुमान शाखाको चेतावनीपछि सरकारले उच्च सतर्कता अपनाउन यो कदम चालेको हो। बैठकले विपद् व्यवस्थापनका लागि आवश्यक थप रणनीति तय गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्