काठमाडौँ – भोटेकोशीमा आएको बाढीले रसुवागढीदेखि धादिङ गल्छीसम्मका २२ वटा पक्की पुल बगाएको छ । रसुवा, नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा २२ वटा पक्की पुल, ५ वटा बेलीब्रिज बगाएको सडक विभागका प्रवक्ता एवं उपमहानिर्देशक शुभराज न्यौपानेले बताए । त्रिशूली, बेत्रावती, तादी खोला, गल्छीलगायतका पक्की पुल बगाएको उनले सुनाए ।



प्रतिक्रिया दिनुहोस्