Skip to content

भोटेकोसी बाढीका कारण हालसम्म १५७ जनाको मृत्यु

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म १५७ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारीअनुसार हालसम्म ३४ महिला, ६३ पुरुष, ६ जना बालिका, ७ जना बालक र ४७ जनाको पहिचान खुल्न सकेको छैन । प्रहरीका अनुसार रसुवामा तीन पुरुषको शव भेटिएको छ । साथै, नुवाकोटमा ६ महिला र ७ पुरुष, धादिङमा १० महिला, १० पुरुष, १ बालिका तथा ६ जना (पहिचान नखुलेको) को शव भेटिएको छ । गोरखामा २ महिला, ८ पुरुष, १ बालक र पहिचान नखुलेका ८ जनाको शव भेटिएको छ । प्रहरीका अनुसार चितवनमा १३ महिला, १८ पुरुष, १ बालिका, ४ बालक र पहिचान नखुलेका २८ जनाको शव भेटिएको छ । त्यसैगरी, तनहुँमा १ महिला, ५ पुरुष, १ बालिका, १ बालक र पहिचान नखुलेका १ जनाको शव भेटिएको छ । यस्तै, नवलपरासी पूर्वमा २ महिला, १२ पुरुष, ३ बालिका, १ बालक र पहिचान नखुलेका ४ जनाको शव भेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्