काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा भोटेकोसी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न सर्वदलीय बैठक बस्दै छ । रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार बैठक आज बिहान ९ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्न लागेको हो । बैठकमा भोटेकोसी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको समीक्षा गर्दै बेपत्ताको खोजी तथा उद्धार, प्रभावितलाई राहत उपलब्ध गराउने तथा बाढी प्रभावित क्षेत्रको पुनःस्थापनाका विषयमा छलफल हुने बताइएको छ ।
बाढीबाट प्रभावित क्षेत्रमा तत्कालीन उद्धार तथा राहतसँगै दीर्घकालीन पुनःस्थापनाका लागि राजनीतिक दलहरूबीच आवश्यक समन्वय र सहकार्य गर्ने उद्देश्यले बैठक आयोजना गरिएको रास्वपाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्