Skip to content

कांग्रेसको महाधिवेशन गर्ने बाटो खुल्यो, सर्वोच्चले दिएन देउवाको पक्षमा आदेश

काठमाडौँ – नेपाली कांग्रेसको १५ औं महाधिवेशन गर्ने बाटो खुलेको छ । सर्वोच्च अदालतले कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवासहितले दायर गरेको रिटमा अन्तरकालीन आदेश जारी गर्न अस्वीकार गरेको हो।

योसँगै महाधिवेशन गर्न बाटो खुलेको सर्वोच्च प्रवक्ता एवं सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले जानकारी दिए । बिहीबार न्यायाधीशहरू नहकुल सुवेदी, महेश शर्मा पौडेल र मेघराज पोखरेलको इजलासले अन्तरकालीन आदेश दिन अस्वीकार गरेको हो । कांग्रेसको १५ औं महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुँदैछ।

प्रतिक्रिया दिनुहोस्