Skip to content

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न उपकुलपतिहरूलाई शिक्षामन्त्रीको निर्देशन

काठामाडौँ – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले यही भदौ १३ गतेदेखि विश्वविद्यालयअन्तर्गत सञ्चालन हुने सबै परीक्षा स्थगित गर्न उपकुलपतिहरूलाई निर्देशन दिएका छन् ।  नेपालमा उत्पन्न प्राकृतिक विपद्का कारण विद्यार्थी, अभिभावक तथा आम नागरिकको जनजीवन प्रभावित भएको विषम परिस्थितिलाई मध्यनजर गर्दै विद्यमान विश्वविद्यालयसम्बन्धी ऐनबाट प्राप्त अधिकार प्रयोग गरी सबै परीक्षा स्थगित गर्न निर्देशन दिइएको हो । साथै, भदौ १२ गतेका लागि निर्धारित परीक्षाहरुमा विभिन्न कारणले सहभागी हुन नसकेका परीक्षार्थीहरुको लागि उपयुक्त समयमा परीक्षा संचालनको व्यवस्था मिलाउनसमेत मन्त्री पोखरेलको निर्देशन छ ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले यही भदौ १३ गतेदेखि विश्वविद्यालयअन्तर्गत सञ्चालन हुने सबै परीक्षा स्थगित गर्न उपकुलपतिहरूलाई निर्देशन दिएका छन् ।

नेपालमा उत्पन्न प्राकृतिक विपद्का कारण विद्यार्थी, अभिभावक तथा आम नागरिकको जनजीवन प्रभावित भएको विषम परिस्थितिलाई मध्यनजर गर्दै विद्यमान विश्वविद्यालयसम्बन्धी ऐनबाट प्राप्त अधिकार प्रयोग गरी सबै परीक्षा स्थगित गर्न निर्देशन दिइएको हो । साथै, भदौ १२ गतेका लागि निर्धारित परीक्षाहरुमा विभिन्न कारणले सहभागी हुन नसकेका परीक्षार्थीहरुको लागि उपयुक्त समयमा परीक्षा संचालनको व्यवस्था मिलाउनसमेत मन्त्री पोखरेलको निर्देशन छ ।

प्रतिक्रिया दिनुहोस्