Skip to content

दार्चुलामा कार्यरत सशस्त्र प्रहरी जवान कञ्चनपुरमा मृत फेला, रुखमा झुन्डिएको अवस्थामा भेटिए !

धनगढी – कञ्चनपुरमा सशस्त्र प्रहरीका एक जवान मृत अवस्थामा फेला परेका छन् । शुक्लाफाँटा नगरपालिका–२ का सशस्त्र प्रहरी जवान भरत धानुक आइतबार मृत अवस्थामा फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतका अनुसार धानुक दिउँसो करिब साढे १२ बजे घरदेखि करिब दुई किलोमिटर टाढा जोनापुरस्थित नर्सरीमा रुखमा झुन्डिएको अवस्थामा फेला परेका थिए । दार्चुलामा कार्यरत धानुक केही दिनअघि मात्रै बिदामा कञ्चनपुरस्थित झलारीको घर आएका थिए । शनिबार साँझदेखि सम्पर्कविहीन भएपछि परिवारले प्रहरीलाई खबर गरेको थियो ।

परिवारको सूचनापछि प्रहरीले खोजी गर्ने क्रममा उनलाई आइतबार जोनापुरस्थित नर्सरीमा मृत अवस्थामा फेला पारेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी रावतले जानकारी दिए । धानुक विवाहित रहेको र उनका श्रीमतीबाहेक छोराछोरी नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्