नुवाकोट – नेपाली कांग्रेसका सभापति गगन थापाले नुवाकोटको तारुकाघाटस्थित दर्शनटार नयाँ पुल क्षेत्रका बाढीपहिरो पीडितसँग भेटघाट गर्दै उनीहरूको गुनासो सुनेका छन् । भोटेकोशी नदीमा आएको बाढी तथा त्यसपछि गएको पहिरोका कारण प्रभावित बनेका स्थानीयवासीसँग सभापति थापाले प्रत्यक्ष भेट गरी उनीहरूको अवस्था र समस्याबारे जानकारी लिएका हुन् । भेटका क्रममा स्थानीयले बाढीपहिरोबाट भएको क्षति, उद्धार, राहत तथा पुनर्स्थापनाका विषयमा आफ्ना समस्या र गुनासो राखेका थिए। थापाले प्रभावित नागरिकको कुरा सुन्दै विपद्पछि तत्काल राहतसँगै दीर्घकालीन पुनर्स्थापनामा समेत ध्यान दिनुपर्ने आवश्यकता औँल्याएका छन् । बाढीपहिरोबाट नुवाकोटका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। प्रभावित क्षेत्रमा अझै पनि राहत, उद्धार तथा पुनर्स्थापनाको आवश्यकता रहेको स्थानीयले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्