काठमाडौं – नेशनल प्याब्सन तार्केश्वर नगर समितिको तेस्रो अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ। अधिवेशनले केशवराज शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा अमृत भण्डारी, सचिवमा अमर भण्डारी र कोषाध्यक्षमा कृष्ण श्रेष्ठ चयन भएका छन् । त्यस्तै सदस्यहरूमा दुर्गा बास्तोला, अविनाश उप्रेती, उमा अधिकारी र दिपेश फुयाल चयन भएका छन्। कार्यसमितिमा थप एक सदस्य भने पछि मनोनित गरिने जनाइएको छ । नयाँ नेतृत्वले तार्केश्वर नगर क्षेत्रमा निजी तथा संस्थागत विद्यालयहरूको शैक्षिक विकास, संस्थागत सुदृढीकरण तथा विद्यालयबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्