काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै छ । ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार दिउँसो १ बजे बैठक बस्न लागेको हो । कार्यसम्पादन समितिको शनिबारको बैठकमा १७ जना नेताहरूले आ-आफ्नो धारणा राखिसकेका छन् । शनिबारको बैठकमा पार्टी सभापति गगन थापाले भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको स्थलगत अवलोकन, पीडितहरूसँग भेटघाट र छलफल पश्चात त्यहाँका यथार्थ वस्तुस्थितिबारे जानकारी गराएका थिए ।



प्रतिक्रिया दिनुहोस्