Skip to content

कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक बस्दै

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिको बैठक आज बस्दै छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा मंगलबार दिउँसो १ बजे बैठक बस्ने केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए । बैठकको एजेन्डा भने खुलाइएको छैन । हिजो र अस्ति अर्थात २१ र २२ भदौमा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको थियो । बैठकमा भोटेकोशी बाढीबाट सिर्जित राष्ट्रिय संकट, खोज तथा उद्धार, राहत तथा पुनर्स्थापना लगायतका बारेमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्