Skip to content

पुराना दललाई गृहमन्त्री गुरुङको चेतावनी, ‘सुध्रनुस्, अझै पनि समय छ’

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई आफ्नो सोच र कार्यशैली सुधार्न आग्रह गरेका छन्। उनले पुरानो सोचबाट नयाँ नेपाल निर्माण सम्भव नहुने बताएका छन् । जेनजी आन्दोलनको एक वर्ष पुगेको अवसरमा मंगलबार काठमाडौंको नयाँ बानेश्वरमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री गुरुङले जेनजी आन्दोलनको अपमान नगर्न पनि पुराना दलहरूलाई आग्रह गरे । उनले जेनजी आन्दोलनलाई अपमान गर्नु भनेको आन्दोलनमा सहभागी तथा आफूहरूलाई निर्वाचित गरेर पठाउने तीन करोड नेपाली जनताको अपमान गर्नु भएको दाबी गरे।

‘तीन करोड नेपाली जनताले हामीलाई जिताएर पठाएको हो,’ उनले भने, ‘तपाईंले यो आन्दोलन अपमान गर्नुहुन्छ भने तीन करोड नेपाली जनतालाई अपमान गरिराख्नुभएको हो, यो कुरा स्मरण गर्नुस्। त्यसकारण सुध्रनुस्, अझै पनि समय छ।’ गृहमन्त्री गुरुङले मुलुकको बदलिँदो राजनीतिक परिवेशअनुसार पुराना दलहरूले आफ्नो सोच र कार्यशैली परिवर्तन गर्नुपर्नेमा जोड दिए। पुरानो सोच र दृष्टिकोणबाट नयाँ नेपाल निर्माण गर्न नसकिने उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्