काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले १५ औं महाधिवेशनको बन्दसत्रमा आफ्नो राजनीतिक प्रतिवेदन पेश गरेका छन् । उनले अहिले बन्दसत्र हललाई सम्बोधन गरिरहेका छन् । त्यसअघि उनले ४६ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पास समेत भइसकेको छ ।
प्रस्तुत भएको राजनीतिक प्रतिवेदनमा चार वर्षको नेतृत्व र आगामी कार्यदिशा शिर्षकमा सभापति थापाले नयाँ नेतृत्वले निर्वाह गर्नुपर्ने राजनीतिक, वैचारिक र संगठनात्मक जिम्मेवारी पनि यही महाधिवेशनले स्पष्ट गर्नुपर्ने उल्लेख गरेका छन् । आगामी दशकको राष्ट्रिय आकांक्षालाई चार वर्षको नेतृत्वको जिम्मेवारीसँग जोड्ने मार्गदर्शक आधारका रूपमा प्रतिवेदन लेखिएको छ । ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ कांग्रेसको विगतको निरन्तरता र वर्तमानको सुधार तथा भविष्यको आकांक्षासँग जोड्ने संकल्प भएको उल्लेख गरिएको छ । राष्ट्रिय पुनर्जागरणले पार्टी, राज्य र नागरिकबीच कमजोर भएको विश्वास तथा लोकतान्त्रिक सामर्थ्य पुनर्निर्माणलाई अर्थ्याउन सभापति थापाले विश्लेषण गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्