Skip to content

प्रधानमन्त्री बालेनसँग आज मोदीको भेटवार्ता, आजै स्वदेश फर्कने

Nepal Bank

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दैछन् । भारतको दुई दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शाहले बिहान ११ बजे नयाँदिल्लीस्थित हैदरावाद हाउसमा मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसपछि बिहान ११:५० बजे दुवै देशका प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता हुनेछ । वार्तामा भारतको अयोध्यादेखि नेपालको जनकपुरसम्म रेल सेवा सञ्चालन र भारतको धार्चुलादेखि नेपालको दार्चुलासम्म मोटरेबल पुल निर्माणलगायत विषयमा छलफल गर्ने तयारी छ ।

द्विपक्षीय वार्तापछि प्रधानमन्त्री बालेन र मोदीले विभिन्न परियोजनाको भर्चुअल उद्घाटन गर्नेछन् । त्यस क्रममा दुवै देशबीच समझदारीपत्र (एमओयू) तथा सम्झौतापत्र आदानप्रदान हुनेछ। त्यसपछि संयुक्त प्रेस वक्तव्य जारी गर्ने कार्यक्रम छ । प्रधानमन्त्री मोदीले आजै दिउँसो प्रधानमन्त्री शाहको सम्मानमा दिवाभोज आयोजना गर्नेछन् । त्यसपछि प्रधानमन्त्री बालेनले दिउँसो भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

भेटघाटका कार्यक्रम सकेर प्रधानमन्त्री शाह आजै अपराह्न ४:५० बजे नयाँदिल्लीबाट काठमाडौंका लागि प्रस्थान गर्नेछन् । उनी साँझ ६:३५ बजे काठमाडौं आइपुग्ने कार्यक्रम छ  । प्रधानमन्त्री शाह आइतबार भारतको दुई दिने राजकीय भ्रमणका लागि नयाँदिल्ली पुगेका थिए । नयाँदिल्ली पुगेकै दिन उनले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका थिए । जयशंकरले होटल ताजमा प्रधानमन्त्री शाहसँग भेट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्