सिन्धुपाल्चोक – पाँचपोखरी थाङ्पाल गाउँपालिकाको गौरवको परियोजनाका रूपमा निर्माण भइरहेको ५१ फिट अग्लो गुरु रिन्पोर्छेको भव्य मूर्ति निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। गाउँपालिकाका अध्यक्ष टासी लामाका अनुसार उक्त परियोजना मूर्ति निर्माणमा मात्र सीमित नभई धर्म, संस्कृति, आस्था र विश्वाससँगै भावी पुस्ताको आध्यात्मिक पहिचानसँग जोडिएको अभियान हो। निर्माण कार्यलाई पूर्णता दिन अध्यक्ष लामाले देश तथा विदेशमा रहेका नेपालीसहित धर्मप्रति आस्था राख्ने श्रद्धालु भक्तजन र सहयोगी मन भएका सबैलाई आफ्नो क्षमताअनुसार सहयोग गर्न अपिल गरेका छन्। उनले यस पवित्र कार्यमा सबैको साथ, सहयोग र सहभागिताले परियोजनालाई पूर्णता दिन महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।


प्रतिक्रिया दिनुहोस्