Skip to content

कन्टेन्ट क्रियटरमार्फत नेपालको पर्यटन प्रवर्द्धन गर्न बोर्डले माग्यो आवेदन

काठमाडौं – नेपालको प्राकृतिक सौन्दर्य, हिमाली गन्तव्य, मौलिक संस्कृति तथा पर्यटकीय सम्भावनालाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डले ट्राभल कन्टेन्ट क्रियटर, भिडियोग्राफर तथा फोटोग्राफरलाई पर्यटन प्रवर्द्धन अभियानमा सहभागी गराउने भएको छ ।
बोर्डले नेपालको पर्यटनका विविध आयामलाई सिर्जनात्मक सामग्रीमार्फत विश्वभर पुर्‍याउन इच्छुक कन्टेन्ट क्रियटरहरूबाट आवेदन आह्वान गरेको हो । यस पहलअन्तर्गत नेपालको हिमाली भव्यतादेखि ओझेलमा परेका पर्यटकीय गन्तव्य, जीवन्त संस्कृति र मौलिक परम्परालाई दृश्य तथा डिजिटल सामग्रीमार्फत उजागर गरिने लक्ष्य राखिएको छ । नेपालका असाधारण पर्यटकीय अनुभवलाई भिडियो, तस्बिर तथा अन्य सिर्जनात्मक सामग्रीमा प्रस्तुत गर्न सक्ने प्रतिभालाई यस अभियानमा जोड्ने बोर्डको उद्देश्य छ । यसबाट नेपालको पर्यटन प्रवर्द्धनमा डिजिटल माध्यम र सामाजिक सञ्जालको प्रभावकारी उपयोग हुनुका साथै नयाँ पुस्ताका कन्टेन्ट क्रियटरहरुलाई नेपालको पर्यटन पहिचान विश्वसामु पुर्‍याउने अवसर प्राप्त हुने अपेक्षा गरिएको छ । इच्छुक ट्राभल कन्टेन्ट क्रियटर, भिडियोग्राफर तथा फोटोग्राफरले आफ्नो नाम र ठेगाना, सम्पर्क विवरण तथा सामाजिक सञ्जाल प्रोफाइल वा पोर्टफोलियोको लिङ्कसहित ५ नोभेम्बर २०२६ भित्र आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्