धनुषा – मन्त्री प्रतिभा रावलले धनुषाधाम नगरपालिका–१ र २ का मुसहर बस्तीमै पुगेर स्थानीय नागरिकसँग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गरेकी छन् । बस्तीमै पुगेर नागरिकसँग संवाद गरेकी मन्त्री रावलले भूमिहीन नागरिकका समस्या, गुनासा र कठिनाइबारे जानकारी लिएकी हुन् । भेटघाटका क्रममा स्थानीयले भोग्दै आएका समस्याबारे जानकारी लिँदै उनले समस्या समाधानका लागि भइरहेका प्रयास र आगामी कार्ययोजनाबारे समेत जानकारी गराएकी थिइन् ।
मन्त्री रावलले भूमिहीन नागरिकका समस्या छिटोभन्दा छिटो समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्दै लालपुर्जा वितरण प्रक्रियालाई तीव्रताका साथ अघि बढाउने बताइन् । वर्षौंदेखि भूमिहीनताको समस्या झेल्दै आएका नागरिकलाई जग्गाको स्वामित्व दिलाउने विषयलाई प्राथमिकतामा राखेर काम गर्ने उनको प्रतिबद्धता थियो ।



प्रतिक्रिया दिनुहोस्