Skip to content

शेखर समूहको बैठकमा देखिए शशांक कोइराला, खड्काको भेलामा नजाने

काठमाडौँ – नेपाली कांग्रेसका नेता शशांक कोइराला शेखर कोइराला समूहको बैठकमा सहभागी भएका छन् । आइतबार बसेको शेखर समूहको बैठकमा शशांक सहभागी भएको नेता जीवन परियारले जानकारी दिए । शशांक शनिबार पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले राखेको रणनीतिक भेलामा सहभागी भएका थिए । खड्काले आइतबार १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको बैठक राखेका छन् । सो बैठकमा शशांक सहभागी नहुने उनीनिकट नेताले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्