Skip to content

आईजिपी दान बहादुर कार्कीको निरन्तर पहलपछि प्रहरी एकेडेमीको गुमेको जग्गा फिर्ता

काठमाडौँ – सरकारले महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ११४ रोपनी ३ आना क्षेत्रफलको जग्गा पुनः प्रहरीकै नाममा कायम रहने निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले यसअघिको निर्णय उल्टाउँदै उक्त जग्गा प्रहरी प्रतिष्ठानकै कायम गर्ने निर्णय गरेको हो ।

यसअघि २०७५ भदौ १ गते उक्त जग्गा राष्ट्रपति कार्यालयको नाममा रहने गरी निर्णय गरिएको थियो । तर, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको निरन्तर पहल, समन्वय र प्रयासपछि उक्त निर्णय पुनरावलोकन हुँदै जग्गा पुनः राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानकै नाममा कायम गरिएको हो । यो निर्णयले प्रहरी संगठनको संस्थागत सुदृढीकरण, प्रशिक्षण पूर्वाधारको संरक्षण तथा दीर्घकालीन व्यावसायिक विकासमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्