काठमाडौँ – प्रधानमन्त्री बालेन शाहको निर्देशनमा काठमाडौंका सुकुम्बासी बस्तीहरूमा डोजर लगाइएको घटनाको विरोधमा धरानमा शनिबार प्रदर्शन भएको छ । अघिल्लो शनिबारदेखि बस्ती प्रवेश गराइएको डोजरले हालसम्म सुकुम्बासी बस्तीका १० हजारभन्दा बढीलाई विस्थापनमा पारिसकेको छ । सुनसरीको धरान पनि सुकुम्बासीहरूको बाक्लो बसोबास भएको सहर हो। यहाँ नेपाल बसोबास बस्ती संरक्षण समाज र बस्ती रक्षा संरक्षण परिचालन समितिको नेतृत्वमा शनिबार प्रदर्शन भएको हो ।
धरानको छाता चोकबाट सुरू भएको जुलुसले धरान बजार परिक्रमा गरेको थियो । प्रदर्शनमा सहभागीहरूले प्रधानमन्त्री बालेन्द्र शाहको शैली विरूद्ध चर्को नाराबाजी गरेका थिए । प्रदर्शनमा सहभागीहरूले नागरिकलाई आवासको हक संविधानले नै ग्यारेन्टी गरेको विषय राज्यले बिर्सेको बताएका थिए । नेपाल बसोबास बस्ती संरक्षण समाजका अध्यक्ष कुमार कार्कीले सरकारी दमनको निन्दा गर्दै सुकुम्बासी बस्तीमा सरकारले डोजर चलाएर राज्य आतंक मच्चाएको आरोप लगाएका थिए । प्रदर्शनमा हजारौँ सकुम्बासीको सहभागिता थियो। प्रदर्शनमा राजनीतिक दलहरूले समेत साथ दिएका थिए ।





प्रतिक्रिया दिनुहोस्