Skip to content

बालेन र रविबीच पाँच घण्टा छलफल, भारत भ्रमणदेखि सरकारका कामकारबाहीसम्म समीक्षा

Nepal Bank

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच पाँच घण्टा लामो छलफल भएको छ ।सभापति लामिछानेलाई भेट्न प्रधानमन्त्री शाह बिहीबार बूढानीलकण्ठस्थित उनको निवास पुगेका थिए । लामिछानेका स्वकीय सचिव अविनाश आचार्यका अनुसार दुई नेताबीच सौहार्दपूर्ण वातावरणमा पाँच घण्टासम्म छलफल भएको हो । भेटका क्रममा प्रधानमन्त्री शाहले आफ्नो हालैको भारत भ्रमण, सरकारका कामकारबाही तथा आगामी योजनाबारे सभापति लामिछानेलाई जानकारी गराएका थिए ।

त्यसैगरी, संसद् बैठक आह्वान, संसद्मा प्रस्तुत हुने विधेयक, अध्यादेश तथा मन्त्री र मन्त्रालयहरूको कार्यसम्पादनका विषयमा पनि छलफल भएको आचार्यले जानकारी दिए । रास्वपाले आगामी दिनमा सञ्चालन गर्न लागेको पार्टी प्रशिक्षण कार्यक्रमलगायत संगठनात्मक विषयले पनि भेटमा स्थान पाएको थियो । प्रधानमन्त्री र सत्तारूढ दलका सभापतिबीच भएको लामो छलफललाई सरकार सञ्चालन, संसदीय गतिविधि तथा पार्टीका आगामी योजनाबारेको महत्वपूर्ण संवादका रूपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्