Skip to content

ट्रम्पले पुटिनसँग अँगालो मारेको तस्वीरले जेलेन्स्कीलाई तनाव

Nepal Bank

काठमाडौँ – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकाले मध्यपूर्वलाई बढी प्राथमिकता दिँदै रुसमाथि पर्याप्त दबाब दिन नसकेको आरोप लगाएका छन् । उनले युक्रेनलाई अत्यावश्यक हवाई प्रतिरक्षा प्रणालीका क्षेप्यास्त्र आपूर्तिमा भइरहेको ढिलाइले युक्रेनी नागरिकको ज्यान जोखिममा परेको बताएका छन् । बीबीसीसँग किभस्थित आफ्नो कार्यालयमा भएको अन्तर्वार्तामा जेलेन्स्कीले रुससँगको शान्ति वार्तामा अमेरिकाले अपेक्षित दबाब सिर्जना गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग अँगालो मारेको तस्वीर सार्वजनिक गर्दै उनलाई ‘मेरो साथी’ भनेको विषयमा पनि जेलेन्स्कीले असन्तुष्टि जनाए । उनले पुटिनलाई आक्रामक र हत्यारा भन्दै यस्तो व्यक्तिलाई साथी भन्नु अनौठो भएको टिप्पणी गरे । ‘उनी आक्रमणकारी र हत्यारा हुन् । उनी साथी हुन सक्दैनन्,’ जेलेन्स्कीले भने । उनले दोस्रो विश्वयुद्धका बेला एडोल्फ हिटलरलाई साथी भनेजस्तै हुने भन्दै ट्रम्पको अभिव्यक्तिप्रति प्रश्न उठाए । सन् २०२५ मा ह्वाइट हाउसको ओभल अफिसमा ट्रम्पसँग भएको तनावपूर्ण भेटपछि जेलेन्स्की अमेरिकासँगको सम्बन्धलाई लिएर सतर्क रहँदै आएका छन् । अमेरिकाका दुई विशेष प्रतिनिधिले रुस र युक्रेनबीच युद्ध अन्त्य गर्ने उद्देश्यले शान्ति सम्झौताका लागि मध्यस्थता गरिरहेका छन् । तर, उनीहरूका अभिव्यक्ति र वार्ताको शैली किभको तुलनामा मस्कोको अडानसँग बढी नजिक देखिने गरेको जेलेन्स्कीको बुझाइ छ ।

प्रतिक्रिया दिनुहोस्