Skip to content

कांग्रेस सभापति उठ्ने गगन थापाको घोषणा

काठामाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापति पदमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् । पुस २६ देखि २८ गतेसम्म कांग्रेसको १५ औं महाधिवेशन काठमाडौंमा आयोजना हुँदैछ । मंसिर १५ गते केन्द्रीय समितिले महाधिवेशन कार्यतालिका ल्याएको थियो ।

महामन्त्री थापाले केन्द्रीय समितिबाट १५ औं महाधिवेशन कार्यतालिका आइसकेको उल्लेख गर्दै आफू सभापति पदमा उठ्ने घोषणा गरेका हुन् । ‘म १५ औं महाधिवेशनको सभापतिको उम्मेदवार हो,’ हिमालय टिभीको यक्ष प्रश्नका लागि अन्तर्वार्ताका क्रममा पत्रकार निमेष बञ्जाडेसँग थापाले घोषणा गरे, ‘मलाई के विश्वास छ भने, नेपाली कांग्रेसका बहुसंख्यक साथीहरूले १५ औं महाधिवेशनबाट मलाई यो ऐतिहासिक पार्टी नेतृत्व गर्ने जिम्मेवारी दिनुहुन्छ, विश्वास गर्नुहुन्छ भन्ने मलाई छ।’

प्रतिक्रिया दिनुहोस्