Skip to content

जिल्लास्तरीय खेलकुद सप्ताहमा गोठाटारस्थित अर्किड प्युपल सेकेन्डरी स्कुलको उत्कृष्ट सफलता

 

काठमाडौँ – नेसनल प्याब्सन काठमाडौँ जिल्ला कार्यसमितिद्वारा आयोजना गरिएको जिल्लास्तरीय खेलकुद सप्ताहमा गोठाटारमा अवस्थित अर्किड प्युपल सेकेन्डरी स्कुलका विद्यार्थी खेलाडीहरूले उल्लेखनीय सफलता हासिल गरेका छन् । जिल्लाभरिका सदस्य विद्यालयहरूबीच सम्पन्न कबड्डी प्रतियोगितामा अर्किड प्युपल सेकेन्डरी स्कुललाई प्रतिनिधित्व गर्दै छात्र तथा छात्रा समूह दुवैतर्फ तेस्रो स्थान हासिल गर्न सफल खेलाडीहरूलाई विद्यालय परिवारले हार्दिक बधाई तथा उज्ज्वल भविष्यको कामना व्यक्त गरेको छ । यसैगरी, सप्ताहव्यापी खेलकुद कार्यक्रमअन्तर्गत मार्च पास, फुट्सल, तानडोरी तथा बास्केटबल प्रतियोगितामा समेत विद्यालयका विद्यार्थीहरूले सक्रिय सहभागिता जनाएका थिए। सहभागिता जनाउने सम्पूर्ण खेलाडी विद्यार्थीहरूलाई विद्यालयले धन्यवादसहित बधाई ज्ञापन गरेको छ ।

कार्यक्रमबारे प्रतिक्रिया दिँदै विद्यालयका संचालक प्रेम कुमार भुजेलले खेलकुदले विद्यार्थीहरूको अनुशासन, नेतृत्व क्षमता र टीमवर्क विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले भने, “पठनपाठनसँगै खेलकुदलाई समान महत्व दिन सके मात्र विद्यार्थीहरूको सर्वाङ्गीण विकास सम्भव हुन्छ । यस्ता प्रतियोगितामा सहभागिता जनाएर उत्कृष्ट नतिजा हासिल गर्नु हाम्रो विद्यालय परिवारका लागि गर्वको विषय हो।” विद्यार्थीहरूको प्रतिभा उजागर गर्न खेलकुद सप्ताहजस्ता कार्यक्रम आयोजना गरी महत्वपूर्ण योगदान पुर्‍याएकोमा नेसनल प्याब्सन काठमाडौँ जिल्ला कार्यसमिति तथा जिल्ला अतिरिक्त क्रियाकलाप समितिप्रति विद्यालयका प्रधानाध्यापकसहित सम्पूर्ण विद्यालय परिवारले हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्