Skip to content

प्रधानमन्त्री कार्की र रास्वपाका सभापति लामिछानेबीच बालुवाटार भेटवार्ता

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच बालुवाटार भेटवार्ता भएको छ । आइतबार साँझ रविसँगै उपसभापति डिपी अर्याल, स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्यहरू शिशिर खनाल र सोभिता गौतम बालुवाटार पुगेर प्रधानमन्त्रीसँग भेटघाट गरेका हुन् । अहिले उनीहरूबीच छलफल जारी रहेको प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले जानकारी दिए । शुक्रबार (पुस ४ गते) सहकारीको बचत रकम अपचलन मुद्दामा लामिछाने धरौटीमा रिहा भएका थिए । रिहा भएपछि लामिछानले पहिलोपटक प्रधानमन्त्री सुशीला कार्कीसँग भेटेका हुन् ।

प्रतिक्रिया दिनुहोस्