Skip to content

नेसनल प्याब्सनको २८औँ स्थापना दिवस, हमालले गरे शिक्षामा योगदानको स्मरण

काठमाडौं – नेसनल प्याब्सनको २८औँ स्थापना दिवस राष्ट्रिय एकता दिवसका अवसरमा निवर्तमान अध्यक्ष पाण्डव हमालले शुभकामना व्यक्त गरेका छन्  । २०५४ सालमा राष्ट्रिय निर्देशन ऐन २०१८ अन्तर्गत दर्ता भएको यस संगठनले निजी शिक्षालयको संरक्षण, सुदृढ विकास, गुणस्तरीय शिक्षाको प्रवर्द्धन तथा शैक्षिक अवसरको विस्तारमा उल्लेखनीय भूमिका खेलेको स्मरण गरिएको छ ।

स्थापना दिवसको अवसरमा शुभकामना सन्देश दिँदै निवर्तमान अध्यक्ष तथा संगठन विभाग प्रमुख पाण्डव हमाल ठकुरीले विगत २८ वर्षमा शिक्षा क्षेत्रमा आएका चुनौती र अवसरबीच पनि नेसनल प्याब्सनले नवप्रवर्तन, शैक्षिक नेतृत्व, सहकार्य र सामाजिक उत्तरदायित्वलाई आधार मानेर अघि बढेको बताए । उनले संगठनको यात्रामा योगदान पुर्‍याएका पूर्व अध्यक्ष, पदाधिकारी, शिक्षक, विद्यालय व्यवस्थापक, अभिभावक तथा शुभचिन्तकप्रति आभार व्यक्त गरे । ठकुरीले अध्यक्षको कार्यकालमा संगठनलाई सुदृढ, सक्षम र दूरदर्शी बनाउने लक्ष्यका साथ गरिएका काममा सबैको साथ, सहयोग र विश्वासप्रति कृतज्ञता प्रकट गर्दै भविष्यमा पनि गुणस्तरीय, आधुनिक र बालबालिका–केन्द्रित शिक्षाको विकासमा प्रतिबद्धता रहने उल्लेख गरे ।

कार्यक्रममा केन्द्रीय, प्रदेश, जिल्ला तथा पालिका नेतृत्व, सदस्य विद्यालय, शैक्षिक अभियन्ता, शिक्षक, विद्यार्थी र सञ्चारकर्मीप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा अझ परिणाममुखी योगदान र सहकार्यको अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्