Skip to content

राष्ट्रपतिले चैत २७ गते सङ्घीय संसद्काे संयुक्त बैठकमा सम्बोधन गर्ने

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले चैत २७ गते शुक्रबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् । सङ्घीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले चैत २७ गते दिउँसो ३ बजे बस्ने संयुक्त बैठकलाई राष्ट्रपति पौडेलले सम्बाेधन गर्ने तय भएको जानकारी दिए ।

राष्ट्रपति पौडेलले सरकारको सिफारिसमा संयुक्त बैठकलाई सम्बोधन गर्न लागेका राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । संविधानको धारा ९५ मा राष्ट्रपतिको सम्बोधनसम्बन्धी व्यवस्था छ । त्यो धारामा ‘राष्ट्रपतिबाट सम्बोधन’ शीर्षकमा लेखिएको छ, ‘राष्ट्रपतिले सङ्घीय संसद्को कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्न सक्नेछ ।’

प्रतिक्रिया दिनुहोस्