काठमाडौँ – मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । प्रधानमन्त्री वालेन्द्र शाहले अपराह्न साढे ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् को कार्यालयमा बैठक बोलाएका हुन् । पछिल्लो समय गृहमन्त्री सुधन गुरुङमाथि बिचाैलियासँग साँठगाँठ गरेको आरोप लागेपछि उनले राजीनामा गर्नुपर्ने दबाब बढिरहेको छ । प्रधानमन्त्री शाहले गृहमन्त्रीसँग स्पष्टीकरण पनि लिएको चर्चा छ । यही सेरोफेरोमा गृहमन्त्रीले राजीनामा दिने मनसाय बनाएको खबर आइरहेका बेला प्रधानमन्त्रीले क्याबिनेट बोलाएका हुन् ।




प्रतिक्रिया दिनुहोस्