Skip to content

किसानको छोरो हुँ, राजनीतिबाट पाउनु केही छैन : जोशी

काठमाडौँ – नेपाली काँग्रेसका नेता धर्मानन्द जोशीले आफूले राजनीतिलाई सेवा र जिम्मेवारीको माध्यमका रूपमा लिएको बताएका छन् । उनले जिते पनि हारे पनि सधैं साधारण जीवनशैलीमा रहिरहने प्रयास गर्ने उल्लेख गरे । जोशीले आफू जनताको साथी र सेवकका रूपमा निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै भने, “म किसानको छोरो हुँ। राजनीतिबाट पाउनु केही छैन, बरु गुमाउनु पर्ने धेरै हुन्छ।” उनले समाजमा राजनीति गर्दा मानमर्दन, गालीगलौज र घोंचपेंच जस्ता चुनौतीहरू सामना गर्नुपर्ने अवस्था रहेको पनि बताए ।

उनका अनुसार यस्ता सबै परिस्थितिलाई स्वीकार गर्दै समाज परिवर्तनका लागि लोकतान्त्रिक राजनीति एक प्रभावकारी र सशक्त माध्यम हो । उनले आफू सधैं सिक्न र अध्ययन गर्न तयार रहेको उल्लेख गर्दै कहिलेकाहीँ अत्यधिक ‘पढाउन’ खोज्दा भने असहज महसुस हुने गरेको पनि बताए । जोशी प्रतिनिधिसभा सदस्य २०८२को लागि दार्चुलाबाट प्रत्यक्ष तर्फका उम्मेदवार समेत हुन् । जोशी दार्चुलाको सामान्य परिवारमा जन्मिएर एलएलएम सम्मको अध्ययन गरि संयुक्त राष्ट्र संघमा मानवअधिकारका क्षेत्रमा लामो समय काम समेत गरेका छन् । पछिल्लो समय राजनीतिमा सक्रिय रुपमा लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्