काठमाडौँ – सरकारले निजामती कर्मचारीलाई राजनीतिक दलसँग आबद्ध हुन पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ । शुक्रबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेकाे निजामती सेवा विधेयकको मस्यौदामा सो व्यवस्था गरिएको छ ।
मन्त्रालयले विधेयकको मस्यौदामा सात दिने संसोधन माग गरेकाे छ । ‘राजनीतिक दल, राजनीतिक दलको भ्रातृ संगठन, जनवर्गीय संगठन वा राजनीतिक दलसँग आबद्ध संगठनको सदस्यता लिएमा, राजनीतिक क्रियाकलापमा संलग्न भएमा वा राजनीतिक पदका लागि हुने निर्वाचनमा उम्मेदवार बनेमा भविष्यमा सरकारी सेवाको लागि अयोग्य ठहरिने गरी बर्खास्त गरिने,’ मस्यौदाको नयाँ व्यवस्थाको बुदाँ नम्बर ४८ मा उल्लेख गरिएको छ ।





प्रतिक्रिया दिनुहोस्