काठमाडौँ – नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहको भेला ११ बुँदे निर्णय गर्दै सकिएको छ । गत बुधबारदेखि ३ दिनसम्म महाराजगञ्जस्थित स्मार्ट होटलमा चलेको भेलाले ११ बुँदे निर्णय गरेको हो । कांग्रेस विशेष महाधिवेशन र नियमित महाधिवेशनको विवादमा पर्दा निर्वाचनमा ऐतिहासिक क्षति व्यहोर्नुपरेको निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विज्ञप्ति जारी गरेर उल्लेख गरेका छन् । ‘पार्टीको नियमित १५औँ महाधिवेशन कि विशेष महाधिवेशन भन्ने विषयले हाम्रो पार्टी नेपाली कांग्रेस निर्वाचनको पूर्व सन्ध्यामा विवादको भुमरीमा फसेको र यसैका कारण ऐतिहासिक क्षति व्यहोर्नु परेको कुरा स्पष्ट नै छ’ खड्काद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।






प्रतिक्रिया दिनुहोस्