Skip to content

लिपुलेकसहित सीमा विवादमा सरकारको अडान स्पष्ट, कूटनीतिक संवादबाट समाधान खोजिने

काठमाडौँ — सरकारले लिपुलेक लगायतका सीमा विवादका विषयमा आफ्नो अडान स्पष्ट रहेको र ती क्षेत्रहरू नेपाली भूमि भएको दोहोर्‍याएको छ। सरकारका अनुसार सीमा सम्बन्धी विषय अब दुई देशबीचको सहकार्य र कूटनीतिक संवादमार्फत समाधान खोजिनेछ । सीमा विवादका सम्बन्धमा परराष्ट्र मन्त्रालयले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरिसकेको जनाइएको छ। उक्त धारणा केवल सार्वजनिक जानकारीका लागि मात्र नभई औपचारिक रूपमा सम्बन्धित पक्षलाई पठाइएको पत्रका रूपमा रहेको बताइएको छ ।

सरकारले लिपुलेक लगायतका क्षेत्रहरू नेपालकै भूमि भएको विषयमा आफ्नो धारणा प्रस्ट पार्दै यसमा कुनै भ्रम नरहेको उल्लेख गरेको छ । सीमा विस्तारको विषय नभई नेपालको भूभागको विषय भएकाले यसमा सरकार आफ्नो अडानमा दृढ रहेको जनाएको छ । यसैबीच मन्त्रालयहरू गाभ्ने विषयमा हालसम्म कुनै ठोस निर्णय नभए पनि यसको प्राविधिक तथा कानूनी पक्षहरूको अध्ययन भइरहेको जानकारी दिइएको छ । सञ्चारकर्मीहरूको प्रवेशमा कडाइ गरिएको भन्ने विषयमा भने सरकारको ध्यान व्यवस्थापन सुधारतर्फ केन्द्रित रहेको जनाइएको छ । आन्तरिक आवतजावतलाई थप सहज, व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले आवश्यक व्यवस्थापन गरिएको उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्