Skip to content

टिकाथली स्वास्थ्य चौकी भवन उद्घाटन, गुणस्तरीय स्वास्थ्य सेवामा जोड

ललितपुर – महालक्ष्मी नगरपालिका वडा नं. ७ स्थित टिकाथली स्वास्थ्य चौकी भवन उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रममा उपमेयर लक्ष्मी महर्जन ले जनताको स्वास्थ्य, सेवाको पहुँच र विकासप्रति आफूहरूको प्रतिबद्धता निरन्तर अगाडि बढिरहेको बताइन् ।

उनले स्थानीय नागरिकलाई अझ सहज, पहुँचयोग्य र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने यात्रामा टिकाथली स्वास्थ्य चौकी भवन उद्घाटन अर्को महत्वपूर्ण कदम भएको उल्लेख गरिन् । उपमेयर महर्जनले स्वास्थ्य सेवा विस्तार, पूर्वाधार विकास तथा नागरिकको आधारभूत स्वास्थ्य अधिकार सुनिश्चित गर्न स्थानीय तह सक्रिय रूपमा लागिरहेको धारणा राखिन् । कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा स्थानीयवासीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्