काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले लोकतन्त्र नियन्त्रण गर्न खोजे सतिसाल भएर उभिने बताएका छन् । शनिबार धनगढीमा आयोजित भेलालाई सम्बोधन गर्दै उनले शक्ति र संख्याको दम्भमा सरकारले लोकतन्त्र नियन्त्रण गर्न खोजे कांग्रेस सतिसाल भएर उभिने बताएका हुन् । `अर्थतन्त्र सुधार र राष्ट्रियताको सवालमा सरकारलाई साथ रहन्छ,´ उनले भने, `शक्ति र संख्याको आधारमा लोकतन्त्रलाई लहडतन्त्र र नियन्त्रण गर्न खोज्छ भने कांग्रेस सतिसाल बनेर उभिन्छ । हाम्रो स्वभाव पनि त्यही हो ।´
सभापति थापाले प्रदेश सरकारमा एमालेसँगको सहकार्य तत्काल नटुट्ने पनि बताए । `प्रदेशमा जुन ढंगले सरकार चलेका छन्, सोही ढंगले चल्छन्,´ उनले भने । प्रदेश सरकारहरू ठीक ढंगले चल्नुपर्ने बताउँदै उनले त्यसमा निगरानी भने पार्टीले राख्ने बताए । सभापनि थापाले शेरबहादुर देउवाको योगदानको अवमूल्यन नहुने बताउँदै आफूहरू देउवाको शुभचिन्तक भएको बताए । देउवाबिना सम्भव छैन भन्नेहरू उहाँलाई नै सक्न लागेको तर्क थापाले गरे ।





प्रतिक्रिया दिनुहोस्