Skip to content

बैशाख महिनाभित्र एसईई नतिजा सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डको तयारी

काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०८२ मा सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी गरेसँगै नतिजा प्राप्त गर्ने विभिन्न माध्यमहरूको सूची सार्वजनिक गरेको छ । परीक्षा बोर्डका सदस्यसचिव जङ्गबहादुर अर्यालले अबको चार दिन अर्थात बैशाख महिनाभित्र एसईई नतिजा सार्वजनिक गर्ने तयारी भएको बताए ।

परीक्षा नियन्त्रण कार्यालयले आइतबार एक सूचना प्रकाशित गर्दै नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा एसएमएस, आईभीआर र विभिन्न वेबसाइटहरूबाट हेर्न सकिने व्यवस्था मिलाएको जानकारी दिएको छ । गत चैत १९ गतेदेखि २९ गतेसम्म भएको एसईई परीक्षामा पाँच लाख १२ हजार ४२१ जना विद्यार्थीले एसईई परीक्षा फाराम भरेका थिए । तीमध्ये नियमिततर्फ चार लाख ४१ हजार ५६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षार्थी छन् । जसमध्ये दुई लाख ५७ हजार ६१३ छात्रा र दुई लाख ५४ हजार ८०१ छात्रसहित अन्य सात जना परीक्षामा सहभागी भएको परीक्षा बोर्डले जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्