काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रास्वपालाई लडाउने तागत अरुसँग नभएको बताएका छन् । आइतबार चितवनमा पार्टीको पहिलो महाधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै उनले पार्टीभित्र गुट उपगुटको अभ्यास गर्न नहुने बताए ।
‘रास्वपा लड्यो भने आफ्नै घुँडामा अल्झेर लड्छ, रास्वपालाई लडाउने अरु कसैको तागत छैन । गुट र उपगुटले दिने फल विषालु हुनेछ । त्यो फल फल्यो भने वृक्ष नै काट्नुपर्ने हुन्छ । हामी कस्ता बिउ रोप्ने भन्ने ठाउँमा उभिएका छौँ,’ उनले भने, ‘समग्र रूपमा कुनै गुट र उपगुटमा नलागीकन विगतका राजनीतिक दलका अनुभवहरूलाई हेरेर अगाडि बढ्ने हो भने फेरि पनि भन्छु– रास्वपालाई लडाउने अर्को कुनै पनि शक्ति अबको युगमा आउन सक्दैन । यो निर्धक्कसाथ भन्न सक्दछु ।’




प्रतिक्रिया दिनुहोस्