Skip to content

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

काठमाडौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदमा ४०० भन्दा बढीको उम्मेदवारी परेको छ । मंगलबारदेखि सुरू भएको उम्मेदवारी दर्ता अन्तर्गत बुधबार बिहानसम्म ४०० भन्दा बढीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिए । उम्मेदवारी रूजुपछि निर्वाचन आयोगले प्रारम्भिक नामावली सार्वजनिक गर्नेछ ।

बुधबार बिहान ९ बजेसम्म पनि प्रारम्भिक सूची सार्वजनिक भएको छैन । प्रारम्भिक सूची सार्वजनिक भएपछि दाबी विरोधको समय रहन्छ। त्यसपछि मात्रै अन्तिम नामावली सार्वजनिक हुनेछ । अन्तिम नामावली प्रकाशनपछि मतदान प्रक्रिया सुरू हुन्छ ।  सभापतिमा रवि लामिछाने निर्विरोध भइसकेका छन् । पहिलो चरणमा सभापति र केन्द्रीय सदस्यमा मतदान गर्ने र दोस्रो चरणमा पदाधिकारीको मतदान गर्ने व्यवस्था गरिएको छ । केन्द्रीय सदस्यको मतपरिणाम आएपछि निर्वाचन आयोगले पदाधिकारीमा निर्वाचनका लागि दोस्रो चरणको कार्यतालिका सार्वजनिक गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्