काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदका लागि भएको चुनावको नतिजा सार्वजनिक गर्ने तयारी भएको छ । मतगणनना भइसकेकोले अब सार्वजनिक गर्ने तयारी भएको हो ।
रास्वपाको संशोधित विधान अनुसार १५८ सदस्यीय केन्द्रीय सदस्य रहनेछन् । जसमध्ये ९९ जना मतदानबाट निर्वाचित हुने छन् । बाँकीमध्ये ५१ जना सभापति रवि लामिछानेले मनोनीत गर्नेछन् । यस्तै ७ प्रदेशका सभापति पदेन सदस्य हुने भएकाले स्वत: केन्द्रीय सदस्य रहनेछन् । आजै पदाधिकारीका लागि चुनाव हुनेछ ।




प्रतिक्रिया दिनुहोस्