Skip to content

एमालेका महासचिव शंकर पोखरेल वामएकताको विपक्षमा

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेल वामएकताको विपक्षमा उभिएका छन् । अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरूले आइतबार मदन जयन्तीका अवसरमा आयोजित कार्यक्रममा वामएकताको पक्षमा अभिव्यक्ति दिएका थिए ।  माधवकुमार नेपाल र झलनाथ खनालसमेतले वाम एकताका लागि आवाज उठाएकै साँझ पोखरेलले विगतका घटनाको पुनरावृत्ति गर्न नहुने बताएका हुन् ।

उनले भनेका छन्, ‘इतिहासमा उस्तै घटनाहरू पहिलोपटक नाटक (त्रासदी) का रूपमा र दोस्रोपटक प्रहसनका रूपमा घटित हुन्छन् । मार्क्सको यो भनाइले स्पष्ट पार्छ– समय र परिस्थिति बदलिसकेपछि विगतका घटना, नारा वा प्रवृत्तिलाई हुबहु दोहोर्‍याउनु (पुनरावृत्ति गर्नु) उचित हुँदैन ।’

प्रतिक्रिया दिनुहोस्