महाअष्टमीका दिन शक्तिस्वरूपा देवी दुर्गाको पूजा आराधना गर्ने धार्मिक परम्परा रहेकाले दक्षिणकाली मन्दिरमा भक्तजनको विशेष चहलपहल देखिएको छ। काठमाडौं उपत्यकासहित विभिन्न स्थानबाट आएका श्रद्धालुहरू देवीको दर्शन, पूजाआजा तथा आफ्नो मनोकामना पूरा हुने विश्वासका साथ मन्दिर पुगेका छन् । दसैँको नवरात्रमा दक्षिणकाली मन्दिरमा दर्शनार्थीको विशेष भीड लाग्ने गर्दछ। महाअष्टमीका दिन देवीको पूजाआराधना र धार्मिक विधिमा सहभागी हुन भक्तजनहरू मन्दिर पुग्ने गरेका छन् । दसैँको महाअष्टमीलाई देवी दुर्गाको आराधना गर्ने विशेष दिनका रूपमा लिइन्छ । यस दिन देशभरका शक्तिपीठ तथा देवी मन्दिरहरूमा भक्तजनको भीड लाग्ने गर्दछ ।
काठमाडौं – महाअष्टमीको अवसरमा काठमाडौंको दक्षिणकाली मन्दिरमा दर्शनार्थीहरूको घुइँचो लागेको छ। दसैँको महाअष्टमीका दिन बिहानैदेखि दक्षिणकाली मन्दिरमा दर्शन तथा पूजाआजा गर्न आउने भक्तजनको भीड लागेको हो।


प्रतिक्रिया दिनुहोस्