लहानमा विगत २९ वर्षदेखि एलएमसी माध्यमिक विद्यालय तथा कलेजको सञ्चालक अध्यक्षका रूपमा कार्यरत हमालले लामो समयदेखि शिक्षा र समाजसेवाको क्षेत्रमा योगदान दिँदै आएका छन् । निजी विद्यालयहरूको छाता संगठन एनप्याब्सनको राष्ट्रिय अध्यक्षको जिम्मेवारीसमेत सम्हालिसकेका उनी अब सक्रिय राजनीतिक यात्रामार्फत समाज परिवर्तनमा योगदान गर्ने योजनामा छन् । शिक्षा क्षेत्रमा लामो समय काम गरिसकेपछि आफ्नो जन्मभूमि र नगरको विकासका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्ने चाहना रहेको हमालले बताएका छन् । उनले भने, “लामो समयदेखि शिक्षा क्षेत्रमा लाग्दै निजी विद्यालयहरूको छाता संगठन एनप्याब्सनको राष्ट्रिय अध्यक्षको भूमिका निर्वाह गरिसकेपछि अब समाज र आफ्नो ठाउँका लागि केही गरौँ भन्ने मनमा थियो। अब स्थानीय तह निर्वाचनमा पार्टीका अग्रज नेताहरूले आफूलाई सेवक बनेर काम गर्ने मौका दिएमा स्थानीय निर्वाचनमा आफू सशक्त रूपमा अघि बढ्ने सोचमा छु ।” एमाले प्रवेशसँगै हमालले स्थानीय राजनीतिमा समेत सक्रिय भूमिका खोज्ने संकेत गरेका छन्। उनको प्रवेशलाई आगामी स्थानीय तह निर्वाचनको सन्दर्भमा धनगढीमाई नगरपालिकाको राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।




प्रतिक्रिया दिनुहोस्