Skip to content

सडक सञ्जालसँग जोडियो अपिहिमाल गाउँपालिकाको केन्द्र

Nepal Bank

दार्चुला – दार्चुलाको अपिहिमाल गाउँपालिकाको सदरमुकाम तथा गाउँपालिका कार्यालय रहेको केन्द्रसम्म सडक सञ्जाल पुगेको छ। लामो समयदेखिको प्रतीक्षापछि गाउँपालिकाको केन्द्रमा सडक पुगेपछि स्थानीयवासीमा खुसी र उत्साह छाएको छ । गाउँपालिकाको निरन्तर प्रयास, निर्माण व्यवसायीको मेहनत तथा समग्र गाउँपालिकावासीको अमूल्य सहयोगले सडक निर्माणको काम सफल भएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष भगतसिंह ठेकरे बोहराले गाउँपालिकाको केन्द्रसम्म सडक पुग्नु समग्र अपिहिमालवासीका लागि खुसी र गौरवको विषय भएको बताएका छन् । उनले लामो समयदेखिको प्रयासले सार्थकता पाएको उल्लेख गर्दै सडक निर्माणमा सहयोग गर्ने निर्माण कम्पनी, स्थानीय जनसमुदाय तथा सम्पूर्ण सरोकारवालाप्रति धन्यवाद व्यक्त गरेका छन् । अध्यक्ष बोहराका अनुसार गाउँपालिकाको केन्द्रसम्म सडक पुग्नु केवल यातायातको पहुँच विस्तार हुनु मात्र नभई विकास निर्माण, सेवा प्रवाह, स्थानीय उत्पादनको बजारीकरण तथा नागरिकको दैनिक जीवन सहज बनाउने महत्वपूर्ण उपलब्धि हो । उनले सडक निर्माण कार्यलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति गाउँपालिका परिवारका तर्फबाट हार्दिक आभार व्यक्त गरेका छन् । सडक पहुँच विस्तारसँगै अब गाउँपालिकाको केन्द्रसम्म आवतजावत गर्न स्थानीयवासीलाई सहज हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्