Skip to content

अन्तिम क्षणसम्म राष्ट्रिय स्वार्थको अडान लिएका बालेन, मोदीलाई सहमत गराउन सफल : ऋषि धमला

Nepal Bank

काठमाडौं – पत्रकार ऋषि धमलाले प्रधानमन्त्री बालेन्द्र शाहको कूटनीतिक क्षमताको प्रशंसा गर्दै राष्ट्रिय स्वार्थका विषयमा उनले अन्तिम क्षणसम्म अडान लिएको बताएका छन् । भारत भ्रमणका क्रममा प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको एकान्त वार्तामा अधिकांश विषयमा सहमति भइसकेपछि पनि शाहले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन र त्यहाँबाट अन्तर्राष्ट्रिय उडानका लागि भारतको सहयोगको विषय उठाएको धमलाले बताएका छन् । धमलाका अनुसार वार्ता सकिएर दुवै नेता संयुक्त पत्रकार सम्मेलनमा जाने तयारीमा रहेका बेला प्रधानमन्त्री शाहले उक्त विषय उठाएका थिए । सुरुमा भारतीय प्रधानमन्त्री मोदी तत्काल सहमत नभए पनि शाहले पटक–पटक आफ्नो तर्क र प्रस्ताव राख्दै उनलाई सहमत गराउन सफल भएको धमलाको भनाइ छ ।

उनले प्रधानमन्त्री शाहको यस भूमिकालाई कूटनीतिक चातुर्यको उदाहरणका रूपमा व्याख्या गरेका छन्  । राष्ट्रिय स्वार्थका विषयमा अन्तिम क्षणसम्म अडान लिन सक्ने नेतृत्वले नेपालीको शिर गर्वले उँचो बनाएको उल्लेख गर्दै धमलाले शाहको प्रशंसा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्