काठमाडौं – मन्त्री प्रतिभा रावल सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ स्थित मुसहर बस्तीमै पुगेर स्थानीय नागरिकसँग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गरेकी छन् । बस्तीमा पुगेर मन्त्री रावलले भूमिहीन नागरिकका समस्या, गुनासा र अपेक्षाबारे जानकारी लिएकी हुन् । भेटघाटका क्रममा उनले भूमिहीन नागरिकले भोग्दै आएका समस्याको समाधानका लागि भइरहेका प्रयास तथा सरकारले अघि सारेका आगामी कार्ययोजनाबारे स्थानीयलाई जानकारी गराएकी थिइन् । उनले भूमिहीन नागरिकका समस्या शीघ्र समाधान गर्ने र लालपुर्जा वितरण प्रक्रियालाई तीव्रताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरिन् । भूमिहीन नागरिकको समस्या बुझ्न बस्तीमै पुगेकी मन्त्री रावलले स्थानीयका गुनासा सुन्दै समाधानका लागि आवश्यक पहल गर्ने आश्वासनसमेत दिएकी छन् ।



प्रतिक्रिया दिनुहोस्