Skip to content

पैसट्ठी प्रतिशत मत खस्ने आयोगको अनुमान

काठमाडौँ – कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभर शान्तिपूर्ण वातावरणमा उत्साहपूर्वक मतदान जारी रहेको बताउनुभएको छ ।

मतदान गरेपछि सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै उहाँले ७७ वटै  जिल्लामा आममतदाताको उत्साहपूर्वक सहभागितामा मतदान भइरहेको उहाँले बताउनुभयो ।

“बिहान ७ बजेदेखि नै व्यवस्थित र उत्साहजनक रूपमा मतदान सुरु भएको छ । मतदाताको उपस्थिति र शान्ति सुरक्षा अत्यन्त राम्रो छ”, उहाँले भन्नुभयो,  “मतपत्र पाएपछि एकदेखि दुई मिनेट भित्र मतदान सकिने छ ।”

उहाँले सबै सरोकारवाला मतदाता, राजनीतिक दल र उम्मेदवारलाई उत्साहजनक र शान्तिपूर्ण मतदानमा सहयोग गर्न आह्वान गर्नुभयो । मतदान सम्पन्न भएलगतै मतपेटिका सङ्कलनपछि  मतगणना गरिने उहाँले जानकारी दिनुभयो ।

मतगणना सुरु भएको २४ घण्टाभित्र प्रत्यक्षतर्फको नतिजा सार्वजनिक गर्ने प्रयास आयोगको रहेको उहाँले बताउनुभयो  । साथै उहाँले मतदानमा युवाहरूको उत्साहका आधारमा ६५ प्रतिशत भन्दा बढी मत खस्ने अनुमान गरिएकोे बताउनुभयो  ।रासस

प्रतिक्रिया दिनुहोस्